विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बिहान तोकिएको बैठक प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेपछि बैठक केहिबेर बसेर एक घण्टाका लागि स्थगित भएको थियो ।
तर, विशेषकारणवस बैठक नबसेको संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै प्रतिनिधिसभामा नाराबाजी गरेका थिए । एमाले सांसदहरूले नागरिकता विधेयक संसद्मा दर्ता गर,देश बेच्न पाइदैन भन्दै नाराबाजी गरेका थिए ।
यस्तै उनीहरूले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बंगलादेशको फूलबारी बन्दरगाहासम्मको रुट उपलब्ध गराएर नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने अभिव्यक्ति दिएको भन्दै यसको जवाफ संसद्मा दिनुपर्ने माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
