एसएसपी बढुवामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं : सर्वोच्च अदालतले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
गृह मन्त्रालयले गत वैशाख २४ गते १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी बरिष्ठ उपरिक्षक ( एसएसपी) मा बढुवा गरेको थियो ।
एसएसपीमा बढुवा नभएपछि राजीनामा दिएका एसपी आभूषण तिम्सिनाले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै यस मुद्दालाई अदालतले अग्राधिकार दिइएको छ ।
एसपी तिम्सिनाले गत वैशाख १७ गते सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटसमा आफूमाथि पटक पटक अन्याय भएकोले उल्लेख गर्दै आफूप्रतिको अन्याय चुपचाप सहेर बस्न नसकेको भन्दै राजीनामा दिएको उल्लेख गरेका थिए ।
रिट निवेदक तिम्सिनाले जेठ १७ गते रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा गृह मन्त्रालय ,नेपाल प्रहरीको बढुवा समिति,नेपाल प्रहरी प्रधान कार्यालय ,प्रहरी महानिरिक्षक र नेपाल प्रहरी प्रधान कार्यालय ,मानव श्रोत र विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकलाई पनि विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
