बझाङमा विद्यालयका कर्मचारी आन्दोलित

बझाङमा विद्यालयका कर्मचारी आन्दोलित

बझाङ : बझाङमा रहेका विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका छन्। बजेटमा माग नसमेटिएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। 

आइतबार नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्। 

कर्मचारीले जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय शिक्षा विकास तथा समन्वय इकाई र सम्बन्धित स्थानीय तहको शिक्षा तथा खेलकुद विकास शाखामा धर्ना दिने जनाइएको छ। 

त्यस्तै, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनशन बस्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ। सरकारले माग सम्बोधन नगरे आगामी असार २ गतेदेखि माग पूरा नहुञ्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने परिषद्ले जनाएको छ ।

नीति तथा कार्यक्रममा समावेश बुँदा नम्बर १२७ बजेटबाट गायब भएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको परिषद्का बझाङ जिल्ला अध्यक्ष ढेबबहादुर भण्डारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.