विद्यालयमा बालिकासँग पालिका कार्यक्रम
नुवाकोट : नुवाकोटको तादी गाउँपालिकाले विद्यालयमा बालिकासँग पालिका कार्यक्रम सञ्चालन गरेको छ। समुदायमा सानै उमेरमा किशोरीको विवाह हुने गरेको गुनासो आएपछि पालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
पालिकाले उर्लेनीमा रहेको सुन्दरा माविमा बालविवाह न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा विविध सामाजिक सचेतनाका लागि बालिकासँग पालिका कार्यक्रम सञ्चालन गरेको हो।
विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाई बालविवाह र यसले पार्ने प्रभाव, असुरक्षित गर्भधारण, बेचविखन तथा मदिरा, जुवातास नियन्त्रण र नमूना गाउँका विषयमा गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले जानकारी दिइन्।