बसपार्क बाहिरका टिकट काउन्टर बन्द गर्दै महानगर

बसपार्क बाहिरका टिकट काउन्टर बन्द गर्दै महानगर
फाइल तस्बिर।
सुन्नुहोस्

महानगरले शुक्रबार सूचना जारी गर्दै आगामी असार १ गतेदेखि गोंगबु बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको छ।

काठमाडौंं : राजधानीबाट बाहिर जाने र आउने सवारीसाधन सिधै बसपार्कमा मात्रै रोक्नुपर्ने तयारी महानगरले गरिरहेको छ। उपत्यकामा बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि लामा तथा मध्यम दूरीका सवारीसाधनले अव बसपार्कमा मात्रै यात्रु चढाउन र ओराल्न पाउनेछन्। 

काठमाडौं महानगरले शुक्रबार सूचना जारी गर्दै आगामी असार १ गतेदेखि गोंगबु बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउनका लागि निर्देशन दिएको छ। यसका साथै नयाँ बसपार्कबाट मात्रै यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न सूचना जारी गरेको छ। अब धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका लामो दूरीका सवारीसाधनले कलंकीदेखि जडिबुटीसम्म सवारीसाधन रोक्न पाउने छैनन्। 

काठमाडौंबाट बाहिर जाने यात्रुले टिकट लिनका लागि बसपार्क पुग्नु पर्नेछ। वा अनलाइन टिकट गर्न सक्नेछन्। गाडी चढ्नका लागि पनि बसपार्क नै पुग्नु पर्नेछ। बाहिरबाट काठमाडौं आउने यात्रुले पनि बसपार्कमा नै ओर्लनु पर्ने हुृन्छ। 

काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार यात्रुहरूलाई सुरक्षित यात्राका लागि महानगरले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न लागेको हो। महानगरको निर्देशन नमान्ने सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारवाही हुन्छ। 

पाण्डे भन्छन्, ‘गोंगबुस्थित नयाँ बसपार्कलाई ‘पिक एन्ड ड्रप’ को लागि मात्रै प्रयोग गरिनेछ। सवारीसाधन धेरै भएकाले बसपार्कमा पनि पार्किङ स्पेसको कमि भइरहेको छ। महानगरबासी सुरक्षित र सहज तरिकाले यात्रा गर्न पाउने वातावरण सिर्जना गर्नका लागि लामो दूरीका सवारीसाधनलाई सहरभरी जान नपाउने गरी व्यवस्थित गर्न लागेका हौं।’ 

उपत्यका ट्राफिक महाशाखाका प्रबक्ता राजेन्द्र भट्टका अनुसार लामो दूरीका सवारी जहाँ पनि रोक्ने र पार्किङ गर्ने प्रवृतिले सहरको ट्राफिक जाम बढ्यो। दुर्घटना बढ्यो। यसैले पनि सहरको सवारी जाम व्यवस्थित गर्न जरुरी नै भएको छ। सहरभरी फैलिएका टिकट काउन्टर र जहाँ पनि गाडी रोक्ने प्रवृतिले सहरको ट्राफिक व्यवस्थापनमा समस्या बढ्न थाल्यो। टिकट बिक्रीमा मनोमानी भएको र यात्रु ठगिएको सूचना हामीले पाउने गरेका छौं। सवैलाई एउटै भाडा सुविधामा यात्रा गर्ने पाउने अवस्था सिर्जना गर्न अव्यवस्थित टिकट काउन्टर बन्द गर्न लागेका हौं। 

महानगरका अनुसार गोंगबु बसपार्कमा मात्रै पिक एण्ड ड्रप सञ्चालन गर्नका लागि सवै पक्षसँग समन्वय र छलफल गरिएको थियो। यसका लागि महानगरले यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात महासंघ र ल्होत्से बहुउद्देश्यीयबीच छलफल गरेको थियो। छलफलका क्रममा बसपार्क बाहिरका सवै काउन्टर हटाउने र बसपार्कमा पिक एण्ड ड्रप शैली अपनाउने निर्णय भएको थियो। 

महानगरका प्रहरीका प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘सहरभरी ५०० भन्दा बढी अनावश्यक काउण्टर छन्। यात्रु अनु्सार फरक–फरक भाडा उठाउने र सवारीसाधनलाई पनि निकै कम मात्रै दिने गरेको सूचना हामीले पाएका छौं। बसपार्कमा गएर टिकट काट्दा ठगिने समस्या हल हुन्छ।’, पाण्डे अगाडि थप्छन्, ‘काठमाडौं बाहिर जाने सवारी काउन्टर अगाडि नै रोक्न खोज्छन्। यसबाट यात्रु तथा पैदलयात्रुलेसमेत सास्ती खेपेका छन्। कोहीलाई कता कोहीलाई कता ओराल्ने र झार्ने गर्दा भिडभाड बढीरहेको छ।’ 

नयाँ बसपार्क सञ्चालन गर्नका लागि सरकारले केही वर्ष अघि नै गोंगबुस्थित ल्होत्से बहुउद्देश्यीय संस्थालाई उक्त स्थान भाडामा लगाएको थियो। बसपार्क एरिया १५० रोपनीमा फैलिएको छ। सवै सवारी बसपार्क जानुपर्ने अनिवार्य बनाएपछि बसपार्कमा पार्किङको समस्या हुने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.