टनकपुर ब्यारेजबाट लिंक क्यानलमार्फत् नेपाललाई पानी उपलब्ध गराउनेमा मोदीजी सहमत हुनुहुन्छ : प्रधानमन्त्री

टनकपुर ब्यारेजबाट लिंक क्यानलमार्फत् नेपाललाई पानी उपलब्ध गराउनेमा मोदीजी सहमत हुनुहुन्छ  : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विकास निर्माण परियोजनाका लागि विष्फोटक पदार्थको सहज आपूतिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीररुपमा छलफल भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा  आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि प्रधानमन्त्री मोदीसँग आफूले गम्भीररुपमा कुरा राखेको बताए।  

उनले भने,' नेपालमा निर्माधिन जलविद्युत र सडकजस्ता ठूला विकास निर्माण परियोजनाका लागि अतिआवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले गम्भीररुपमा कुरा राखेको छु। यस विषयमा प्रधानमन्त्री मोदीबाट सकारात्मक जवाफ पाएको छु।'

प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर बहुउद्देश्य परियोजनाको सीघ्र कार्यान्वयनका लागि  तीन महिनाभित्रै विस्तृत परियोजनाको प्रतिवेदन डीपीआरलाई अन्तिम रुप दिने र द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको बताए। वित्तीय प्रबन्धसहित दुई सरकारले डीपीआर स्वीकृत गरेपछि एकवर्षभित्र कार्यान्वयनको मोडालिटी ढाँचा  पनि सुनिश्चित गर्ने टुंगो लागेको उनको भनाइ छ।

नेपालतर्फका संरचनाको तयारीको अवस्थामा टनकपुर ब्यारेजबाट लिंक क्यानलमार्फत् चरणबद्धरुपमा नेपाललाई पानी उपलब्ध गराउने सहमति भएको प्रचण्डले बताए।

यस्तै उनले मलको सहज आपूर्तिका लागि प्रधानमन्त्री मोदीसँग गम्भीरुपमा छलफल भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.