नागरिकता विधेयक संसद्मा आउनुपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक संसदमा टेबुल हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयक संसद्को अधिकारको प्रश्न रहेको भन्दै जसरी भएपनि संसद्मा पेश हुनुपर्ने बताएका हुन् ।
ओलीले भने,‘यो विधेयकलाई फेरि संसद्मा ल्याउनुपर्छ । जसो गरेपनि पार्लियामेन्टमा ल्याउनुपर्छ । संसद्ले छलफल गर्न पाउनुपर्छ । यो नयाँ पार्लियामेन्ट हो । कहिल्यै क्याविनेटको अनुरोधमा विधेयक राष्ट्रपतिले ल्याउँछ ? सरकारले संसद्मा मस्यौदा पेश गर्ने हो ।’
उनले यो पुरानो संसद् नरहेको र नयाँ पार्टी आएको बताए । ओलीले भने,‘कानुन बनिसकेको छैन भने त्यो रोकिन्छ । संसद्मा फेरि ल्याउनुपर्छ । यो उही संसद् होइन अर्को संसद् हो । त्यो बनावट अर्कै संसद्को छ त्यतिबेला मसँग १२१ सिट थियो । अहिले ७९ सिट छ । त्यो ठाउँमा अरु आएका छन् । कांग्रेसले उदुम सिट बढाएको छ । कांग्रेसले सिट बढेको मात्रै थाह पाउँछ । डेमोक्रेसी थाह पाउँदैन । माओवादी केन्द्रले त प्रधानमन्त्री पाएको छ । किल्ला बनाएर सुरक्षित बनाइरहेको छ । सत्ता कसरी सुरक्षित गर्ने मात्रै ध्याउन्न छ ।’
प्रतिक्रिया दिनुहोस !
