अनलाइनको माध्यमबाट यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

काठमाडौं : विभिन्न सामाजिक सञ्जालको प्रयोग गरर यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउत रहेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो। उनले सामाजिक सञ्जाल टिकटकमार्फत महिलालाई साथी बनाएर संवाद गरेको र ती महिलासँग संवाद गर्ने क्रममा स्क्रिन रेकर्ड गरेका थिए।
त्यसपछि उनले महिलालाई पटक पटक भेट्न बोलाएका थिए। तर महिलाले भेट्न नगएपछि उनले फेक आईडी मार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरी चरित्रहत्या गरेका थिए। त्यसपश्चात पीडित महिलाले ब्यूरोमा निवेदन दिएकी थिइन्।
पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
