अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५८ वर्षीय फङ छाङवन रहेका छन्। बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रा फेला परेको थियो।
अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो।
अवैध रुपमा अन्य मुलुकमा लैजान लागेको रकमका साथै उनको सिटिजन बैंकमा रहेको विभिन्न मुद्दति रसिद फेला परेको छ। यसबारे आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
