मुस्ताङमा पनि विद्यालयका कर्मचारी आन्दोलनमा

मुस्ताङमा पनि विद्यालयका कर्मचारी आन्दोलनमा

जोमसोम : मुस्ताङमा पनि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 

सरकारले विद्यालयका कर्मचारीको सेवा सुविधा लगायतका विषयमा सम्बोधन नगरेको भन्दै विद्यालयका कर्मचारी आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्।

नेपाल विद्यालय कर्मचारी परिषदको एकहप्ते विरोध स्वरूपको धर्ना कार्यक्रम अन्तर्गत नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिति मुस्ताङले शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना कार्यक्रम आयोजना गरेको हो। 

सरकारले नीति तथा कार्यक्रममा पेश गरेको १२७ नम्बरको बुँदा गायव भएको भन्दै धर्ना दिएका दिएका हुन्।

यसअघि सामुदायिक विद्यालयका कर्मचारीहरूको सेवा सुविधा वृद्धि गर्ने उल्लेख गरिए पनि बजेटमा माग सम्वोधन नहुँदा आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद मुस्ताङकी अध्यक्ष विष्णु पुर्जाले जानकारी दिइन्। 

उनले विद्यालयका कर्मचारीको माग सम्वोधन नभएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिइन्। शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय जोमसोममा विभिन्न विद्यालयका डेढ दर्जन महिला कर्मचारी धर्ना कार्यक्रममा उपस्थित भएको जनशान्ति माविकी कर्मचारी कल्पना मगरले जानकारी दिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.