मुक्तिनाथमा २७ लाख ८५ हजार भेटी संकलन

मुक्तिनाथमा २७ लाख ८५ हजार भेटी संकलन

जोमसोम : मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर पाँच महिनामा २७ लाखभन्दा बढी भेटी संकलन भएको छ। मन्दिरमा चढाइएको भेटी आइतबार गनिएको थियो। 

पाँच महिनामा २७ लाख ८५ हजार संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

जसमा ११ लाख १२ हजार नेपाली रुपैयाँ, १० लाख ४५ हजार भारतीय रुपैयाँ ६८ अमेरिकन डलर, २० क्यानाडियन डलर, २ सिंगापुर, ७१ मलेसियन रिंगेट, १० भुटानी, १०० कोरियन वन संकलन भएको छ। 

मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा भक्तजनले स्वेच्छिक चन्दा दान गर्नका लागि पाँच वटा दान पेटिका राखेको छ। योसँगै चालुवर्षको ११ महिनामा ४१ लाख ९२ हजार दानपेटिकामा भेटी जम्मा भएको मुक्तिनाथ विकास समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.