प्रधानमन्त्रीको दाबी- नक्साको विषयमा छलफल भयो, भारतीय विदेश मन्त्रालय भन्छ- मुरल नक्सा साँस्कृतिक प्रतीक हो

प्रधानमन्त्रीको दाबी- नक्साको विषयमा छलफल भयो, भारतीय विदेश मन्त्रालय भन्छ- मुरल नक्सा साँस्कृतिक प्रतीक हो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अखण्ड भारतसम्बन्धी नक्साबारे छलफल भएको दाबी गरेका छन्। सोमबार प्रतिपक्षी दलका अधिकांश सांसदहरूले प्रश्न उठाएपछि उनले यस विषयमा छलफल भएको प्रस्ट्याए।

'नक्साका विषयमा कुरा गरेन भन्ने कुरा सत्य होइन। मैले कुरा गरेँ। यो साँस्कृति र ऐतिहासिक हो भन्ने उहाँहरूको आफ्नो तर्क छ। योबारेमा हामी छलफल गर्दै रहौंला,' उनले भने, 'मैले भने नि कयौं राजनीतिक विषयमा छलफल भयो। विश्वासको वातावरण बन्दै गएपछि ती समस्या समाधान गर्दै जान सहज हुन्छ भन्ने एउटा राम्रो समझदारी बनेको छ।'

उनले संसद भवन गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै हात हल्लाएको कुरा सत्य नभएको बताए। 'नयाँ संसद भवन अगाडि गएकै छैन। मोदी र म त्यहाँ पुगेकै छैनौं। देखेको पनि छैन। मैले त टिभीमा मात्र देखेको हुँ। त्यो पनि नेपालमै देख्या हुँ। त्यो नक्सा अगाडि मैले र मोदीजीले हात हल्लाएको कुरा हन्ड्रेड मोर देन झुटो हो,' उनले भने।

उनले राष्ट्रको संवेदशिलता, राष्ट्रिय हित, स्वाधिनताबारे आफूलाई थाहा भएको बताए। 'कालापानी, लिपुलेक, लिम्पियाधुराको कुरा गर्दा कसरी पारित गर्‍यौं हामी सबैलाई थाहा छ। नक्साको विषयमा पनि कुरा भएको म स्पष्ट पार्न चाहन्छु,' उनले भने। 

null

भारतको विदेश मन्त्रालयका प्रवक्ता भन्छन्- नक्साबारे कुरा भएको मलाई थाहा भएन
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री प्रचण्ड र मोदीबीच नक्साको विषयमा छलफल भए/नभएको आफूलाई थाहा नभएको बताए। विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भारतीय संसद भवनमा नेपाल र पाकिस्तानसम्मको भूभाग समेटेर बनाइएको मुरल नक्सा सांस्कृतिक प्रतिकमात्र रहेको बताए। 

'अशोक साम्राज्यका बखत उनको असल र जनउत्तरदायी शासनको सम्मानको स्वरूप मुरल नक्सा राखिएको हो,' जवाफमा उनले भने, 'मुरल नक्सा साँस्कृतिक प्रतीक हो। यो विषय नेपाली पक्षले आफ्नो भ्रमणको दौरान उठायो वा उठाएन भन्ने विषय मलाई जानकारी छैन।'

नक्सालाई लिएर नेपाललगायत अन्य छिमेकी मुलुकमा भएका आन्दोलनबारे भारत सरकालाई कुनै औचारिक जानकारी नआएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.