रोकिएको पीपीए खुलाउन माग

पीपीए खुलाउन प्रधानमन्त्रीमार्फत ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनका लागि इप्पानले माग गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण ऊर्जा व्यापारका लागि महत्त्वपूर्ण भएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले बताएको छ।
काठमाडौं (अन्नपूर्ण) : प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको हुँदा रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न इप्पानले सरकारसँग माग गरेको छ। विगत केही वर्षदेखि करिब १० हजार ५ सय मेगावाट क्षमताभन्दा बढीका आयोजनाको पीपीए रोकिएको छ।
पीपीए खुलाउन प्रधानमन्त्रीमार्फत ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनका लागि इप्पानले माग गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण ऊर्जा व्यापारका लागि महत्त्वपूर्ण भएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले बताएको छ। भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्त्वका सम्झौताको इप्पानले स्वागत गरेको छ।
नेपाल–भारत विद्युत् व्यपारका लागि महत्त्वपूर्ण बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइनको शिलान्यास, फुकोट–कर्णाली ४८० मेगावाट जलविद्युत् परियोजना विकाससम्बन्धी समझदारी पत्र, तल्लो अरुण ६६९ मेगावाटको जलविद्युत् परियोजना विकास सम्झौतालगायतले ऊर्जा विकासमा भूमिका खेल्ने बताइएको छ।
यस्तै, नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैंक इन्डियाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई तीन महिनाभित्र अन्तिम रूप दिने र एक वर्षभित्रमा कार्यान्वयनमा जानेजस्ता ऊर्जा क्षेत्रमा भएका महत्त्वपूर्ण सम्झौता भएको इप्पानको निचोड छ।
प्रतिक्रिया दिनुहोस !
