प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्। भारत भ्रमणका क्रममा भएका गतिविधि र समसामयिक विषयवस्तुबारे संसदलाई जानकारी गराउन  प्रचण्डले आज संसदमा सम्बोधन गर्न लागेका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्ष दलले प्रतिनिधि सभा संसद अवरुद्ध गरेपछि सोमबार संसदलाई सम्बोधन गरेका थिए। राष्ट्रिय सभाको कार्यसूचीमा पनि आज समसामयिक विषयवस्तुबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्री प्रचण्डले वक्तव्य दिने उल्लेख छ।

आज बिहान बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.