प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काकी भाइ बुहारीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा.सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवास पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। प्रधानमन्त्रीले परिवारजनमा समवेदना प्रकट गरेका छन्।
यसैगरी,उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व. खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
