प्रतिनिधि सभाको बैठक सर्‍यो

प्रतिनिधि सभाको बैठक सर्‍यो
फाइल तस्बिर।

काठमाडौं : दलहरुबीच समझदारी नजुटेपछि प्रतिनिधि सभाको बैठक सरेको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे मंगलबारको संसद बैठकमा सरकारको धारणा आउनुपर्ने माग गरेका थिए। बजेटमाथि छलफलको क्रममा उनीहरुले सरकारले जवाफ नदिए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए।

प्रतिनिधिसभा बैठक अगाडि सभामुख देवराज घिमिरेसहित प्रमुख सचेतक र सचेतकहरुको बैठकमा एमाले र राप्रपाका सांसदले सरकारबाट जवाफ दिनुपर्ने अडान राखेका थिए। उनीहरुले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो।

सहमति नभएपछि संसद सचिवालयले विशेष कारणले निर्धारित समयमा बैठक बस्न बस्न नसकेको भन्दै मंगलबार बिहान ११ बजे बोलाइएको बैठक दिँउसो १ : ३० बजेलाई सारिएको जानकारी दिएको छ। आजको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.