प्रधानमन्त्री प्रचण्ड खप्तड आउँदै

प्रधानमन्त्री प्रचण्ड खप्तड आउँदै

डोटी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खप्तड आउँदैछन्। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री खप्तड आउन थालेका हुन् । 

सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते  सम्मेलन हुन लागेको हो।

आन्तरिक एवं बाह्य पर्यटकलाई बढुवा दिन सम्मेलनको आयोजना गरिएको खप्पड  विकास तथा व्यवस्थापन समितिले जनाएको छ।

सम्मेलनमा भारतबाट योगगुरु बाबा रामदेव आउने कार्यक्रम रहेको छ । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्यको पनि सहभागिता रहनेछ। तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भएको छ। ्

सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन् । यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । 

खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो  क्षेत्रमा खप्तड बाबाको कुटी,सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन,५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ । 

खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रपछि मात्र खप्तड पुगिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.