खप्तड पुगे प्रधानमन्त्री प्रचण्ड

खप्तड पुगे प्रधानमन्त्री प्रचण्ड
तस्बिर : रासस

डोटी : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा मंगलबार पुगेका छन्। 

खप्तडमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री यहाँ पुगेका हुन्।

प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायतको उपस्थिति छ। 

सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते यस प्रकारको सम्मेलन आयोजना गरिएको हो।

आन्तरिक एवं बाह्य पर्यटकलाई बढुवा दिन यस्तो सम्मेलनको आयोजना गरिँदैछ। जहाँ भारतबाट योगगुरु बाबा रामदेव समेत आउने कार्यक्रम रहेको छ। 

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्यको पनि सहभागिता रहने छ।

तीनदिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भइसकेको छ। सो समिति अन्तर्गत १२ उपसमिति गठन गरिएका छन्। 
यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकार अन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ। 

खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो  क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ। 

खप्तडमा अहिलेसम्म सडकमार्ग भने पुग्न सकेको छैन। डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रपछि मात्र खप्तड पुगिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.