अर्जुनचौपारीको गडेउले खोला किनारमा २ हजार विरुवा रोपिए
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले २ हजार वटा विरुवा रोपेको छ। अर्जुनचौपारी-१ स्थित गडेउले खोला किनार तथा चौरमा विभिन्न प्रजातिका विरुवा रोपिएका हुन्।
खाली जग्गाजमिनको उपयोग गर्दै वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले विरुवा रोपण गरिएको र आवश्यकता अनुरूप यस्ता कार्यलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए।
जनप्रतिनिधि सहित यहाँको विद्यालयका विद्यार्थी सहित आमा समूह, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा खाली रहेका बाँझा जमिनमा ती विरुवा रोपिएका हुन्।