अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेको प्रश्न : षडयन्त्रमूलक ढंगले करका दरमा हेरफेर गरिएको हो कि होइन ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा षडयन्त्रपूर्वक ढंगले करका दर हेरफेर गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद वाग्लेले यसबारे अर्थमन्त्री डा.प्रकाश शरण महतले जवाफ दिनुपर्ने माग गरे।
उनले भने,' बजेट निर्माणका क्रममा अंकहरू बढाउने घटाउने गरिन्छ। धेरैलाई यसबारे जानकारी र चासो हुँदैन। यो वर्ष षडयन्त्रमूलक ढंगले निश्चित व्यापारी घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन यस विषयमा अर्थमन्त्रीज्यूले जवाफ दिनुपर्छ।'
उनले हार्मोनाइज सिस्टमको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पु्र्याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे। उनले भने,हार्मोनाइज सिस्टमको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पु्र्याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन ? ३०/ ३० वर्षसम्म ३ करोड जनसंख्या भएको देशमा एचएस कोर्डका दरहरू टाइट गर्न सकिने जनशक्तिको आकार के एक वा दुई जना मात्रै हुन्।'
प्रतिक्रिया दिनुहोस !
