इमान्दार भएर काम गर्दा अति कठिन हुँदो रहेछ : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा.प्रकाश शरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइएको विषय निराधार भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले राजश्व परामर्श समितिको सुझाव र आन्तरिक छलफलबाट नै विधेयक तर्जुमा गरेको बताए।
मन्त्री महतले बजेट निर्माणका क्रममा आफूले इमान्दारपूर्वक काम गरेको बताए। उनले इमान्दार भएर काम गर्दा अति नै कठिन हुने बताए। बजेट
अर्थमन्त्रीले भने,'इमान्दार भएर काम गर्न अति कठिन हुँदोरहेछ। इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ। एउटा पत्रिकाले एउटा न्युज पटक पटक दोहोर्याउँछ। र त्यसैलाई हामी सत्य ठान्दछौं तर मैले पारदर्शीढंगबाट काम गरेको छु। म अर्थमन्त्री हुने दिनदेखि नै एउटा मनमा बाँचा प्रतिवद्धता गरेर कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्छु भनेर प्रतिवद्धताका साथ म त्यो अफिस प्रवेश गरेको हुँ।
महतले अर्थमन्त्रीको जिम्मेवारीमा रहँदासम्म कर्तव्यनिष्ठापूर्वक काम गर्ने बताए।