कमजोर अर्थतन्त्रका कारण कृषि क्षेत्र डामाडोल हुने निश्चित छ : ओली
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले कमजोर अर्थतन्त्रका कारण कृषि क्षेत्र डामाडोलको अवस्थामा पुग्ने खतरा रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अर्थतन्त्र ओरालो लागेसँगै कृषि क्षेत्र डामाडोल हुने निश्चितजस्तै भएको बताए।
उनले गतवर्ष ८ प्रतिशतले बढेको उत्पादन वृद्धि यो वर्ष घटेर २ प्रतिशतमा झरेको बताए।
'कृषि डामाडोल हुनेवाला छ। यो एकछिन सत्तापक्षमा बसेर ढ्यापढ्याप गरेजस्तो विषय होइन मान्यज्यूहरू। गतगर्ष ८ प्रतिशतले उत्पादन वृद्धि भन्दाखेरी धेरै टेबुलहरूको रङ उडेको थियो। ठठ्याउँदा ठठ्याउँदा । अहिले २ प्रतिशत पनि आर्थिक वृद्धिदर छैन। मैले यही बोलेको थिएँ । यो एकछिनको विषय होइन।
अध्यक्ष ओलीले प्रतिपक्षले देशकै लागि कुरा उठाए पनि खिल्ली उडाएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने,'देशका लागि भन्दा पनि सत्तापक्ष र प्रतिपक्ष भनेर मात्रै हुन्छ। प्रतिपक्षले देशकै लागि कुरा उठाए पनि खिल्ली उडाउनु्पर्ने।'
उनले एक वर्षमा गठबन्धनको मजाक उडेको बताए।
प्रतिक्रिया दिनुहोस !
