प्रचण्डको निर्देशमा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय, मन्त्री पनि फिर्ता बोलाइयो

काठमाडौं : माओवादीले कोशी प्रदेश नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। विराटनगरमा मंगलबार बसेको प्रदेश पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको साथै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए। उनले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
