जनार्दन शर्माले ल्याएको बजेट फेलमात्र होइन, लड्‍डु ल्यायो : केपी ओली

जनार्दन शर्माले ल्याएको बजेट फेलमात्र होइन, लड्‍डु ल्यायो : केपी ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको दाबी गरेका छन्। बजेटमाथि भएको छलफलमा मंगलबार बोल्दै उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले लड्‍डु ल्याएको बताए।

'अर्थमन्त्राल विश्वास गर्न लायक रहेन। हामीले गत वर्ष नै देख्यौं। तमासा भयो। तमासा भएपछि यसपटक बेठिक भएको रहेछ, बेठिक स्वीकारिन्छ। आइन्दा यस्तो बेठिक गरिँदैन भनेर सरकारले भन्नसक्यो। सकेन,' उनले भने, 'ठीक गर्‍या छौं हामीले। कोही पनि गएको छैन। भित्र बस्दै निस्केको हो। बसेकै छैन। बसेको भए पनि त्यहाँ सुतेको छैन। सुतेको भए पनि खाएको छैन। खाए पनि सबै गरे पनि बजेट हेर्या छैन। हेरेको भए पनि लेख्या छैन। यस्तो तर्क, बलजफ्ती गर्ने पनि हद हुन्छ नि?'

उनले सत्ता पक्षले बलजफ्ती पास गराएर बहुमतको दम्भ देखाएर पेलेको आरोप लगाए। 'पोर त पास भो परिणाममा, बजेट पास भो कि फेल भो हजुर? सोध्न चाहन्छु बजेट पास भो कि फेल भो? मैले भनेको थिएँ। म आज सोध्दैछु सत्तापक्षलाई। कागजमा पास भयो। व्यवहावर फेल भयो।  फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.