बगैंचाधनीले चलाएको गोली लागेर बालक घाइते

बगैंचाधनीले चलाएको गोली लागेर बालक घाइते
सुन्नुहोस्

वीरगन्ज : पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका छन्। 

घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर महतो रहेका छन्। वीरञ्चीबर्वास्थित आँपको बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरू खेल्न गएका थिए। 

त्यहि बेला बगैंचाधनी ४५ वर्षीय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महतो घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए। 

घुँडामा गोलीको छर्रा लागेर घाइते भएका महतोलाई उपचारका लागि वीरगन्ज ल्याइएको जानकारी शाहले दिए। गोली चलाउने तिवारी भने फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको शाहले बताए। 

शाहले भने, ‘तिवारीले आफ्नो घरको पछाडि रहेका आँपको बगैंचामा खेल्न आएका बालबालिकाहरूलाई धपाउन एयरगनबाट गोली हानेका रहेछन्, त्यही गोलीको छर्रा लागेर एक जना बालक सामान्य घाइते भएको खबर छ।'

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको र उक्त टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शाहले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.