स्टार्टअप कार्यक्रमको बजेट बढाउनुपर्छ : सांसद बडू

काठमाडौं : सरकारले स्टार्टअप (नवप्रवर्तनकार) कार्यक्रमको बजेट बढाउनुपर्ने सांसद दिलेन्द्र बडूले बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले बजेटको ९६औं बुँदामा राखिएको स्टार्टअप कार्यक्रम स्वागत योग्य रहेको बताए।
‘स्टार्टअप कार्यक्रमलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड फन्डको निर्माण भएको छ। यो स्वागत योग्य विषय हो,’ बडूले भने, ‘वास्तमा स्टार्टअप कार्यक्रमबाट युवाहरूमा रहेको स्किललाई र उनीहरू भित्र रहेको उद्यमशीलतालाई हामी व्यवसायमा रूपान्तरण गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो यो।’
यद्यपि, कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तीनै तहका सरकारको योगदानमा फन्ड बढाउनुपर्ने बताए।
‘यसलाई अझै प्रभावकारी बनाउन यो फन्ड बढ्नुपर्छ। यसमा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पनि योगदानमा अब यो फन्ड बढाऔं,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !
