भारत भ्रमणमा जाने दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै : प्रधानमन्त्री

भारत भ्रमणमा जाने दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिलाई कुनै दबाब नदिएको बताएका छन् ।  बुधबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता सम्बन्धी विधेयक भारत जाने दिन प्रमाणीकरण गर्न दबाब नदिएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन हुनु संयोग मात्रै भएको बताए।

प्रचण्डले भने, ‘नागरिकतासम्बन्धी विधेयक मैले भारत जाने दिन प्रमाणीकरण होस् भनेर भनेको होइन । यो त संयोग मात्रै परेको हो । मैले सम्मानित सदनलाई पनि भारत भ्रमणबारे जानकारी गराएको थिए । त्यहि कुरा राष्ट्रपतिलाई भनेको थियो । राष्ट्रपतिलाई भारत भ्रमणबारे जानकारी गराउनु कर्तव्य पनि हो । म त वैशाख २४ गते संयुक्त अधिवेशनको दिन नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहन्थे ।’

प्रचण्डले भारत भ्रमण महत्वपूर्ण भएको बताए । प्रचण्डले भने,‘गेमचेन्ज गर्ने तरिकाले अगाडि बढेको छ । राम्रो विश्वासको वातावरण बनाएरमात्रै लिपुलेक,कालापानी समस्याको हल गरिनुपर्छ । एकले अर्कालाई पोलिटिक्स मात्रै गरेर समस्या समाधान हुँदैन । बरु समस्या बल्झिन्छ । कचिङ्गल हुने मात्रै हो ।’

उनले संवादको माध्यमबाट सकारात्मक ढंगले समाधानको उपाय खोजेको बताए । प्रचण्डले भने,‘प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौं भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएकोलाई त स्वीकारौं । केहि पनि भएन भन्ने साथीहरूले हिजो त सरकारको नेतृत्व पनि उहाँहरुको दलले पनि गरेकै थियो । अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो,उहाँहरुले के चाहिँ गर्नु भाथ्यो, गर्नुभयो केहि । उत्पात् भयो भन्ने मेरो दावी होइन । तर,एउटा नयाँ सुरुवात भयो ।’

नेपाल समृद्ध हुने ढोका खोलेको दावी गरे । प्रचण्डले भने,‘नेपालमा अरबौं रुपैयाँ आउने वातावरण भयो । यसमा त हामीले खुसी व्यक्त गर्नुपर्ने होइन र ? पञ्चेश्वरको तीन महिनामा डीपीआर बनाउने र एक वर्षभित्र निर्माणको मोडालिटी तयार पार्ने भएका सहमति सम्झौताहरू ठिक ढंगले कार्यान्वयन गर्न हामी सबै एक हुनुपर्छ । हुन बाँकी सहमति पनि बनाउनुपर्छ । अनि हामी बलियो हुन्छौं । अनावश्यक सकि नसकि विरोध गर्नुपर्ने आवश्यक छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.