गर्मी बढेपछि सुर्खेतका विद्यालय एक साता बन्द

गर्मी बढेपछि सुर्खेतका विद्यालय एक साता बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतका निजी विद्यालय एक साताका लागि बन्द हुने भएका छन् । अत्याधिक रुपमा गर्मी बढ्न थालेपछि सुर्खेतका निजी विद्यालयले एक साथाका लागि पठनपाठन बन्द गर्ने भएका हुन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ । सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन क्रियाकलाप बन्द हुनेछ।

सोमबार बसेको प्याब्सनको जिल्ला कार्यसमिति बैठकले सुर्खेतस्थित सम्पूर्ण निजी विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको थियो । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.