बजेटबारे उपेन्द्र यादवले भने - समाजवाद उन्मुख छैन, निर्माणमा प्रदूषित मनसाय देखियो

बजेटबारे उपेन्द्र यादवले भने - समाजवाद उन्मुख छैन, निर्माणमा प्रदूषित मनसाय देखियो
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद् उपेन्द्र यादवले बजेट निर्माणको प्रक्रियानै गलत भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपा सांसद् यादवले बजेट निर्माणको प्रक्रिया गलत देखिएको र निर्माणमा घुसपैठ हावी भएको दावी गरे।

यादवले भने, ‘मधेशका जनतामाथि गोली ठोकेर घोषणा गरेको संविधान हो यो । यो बजेट वास्तवमा समाजवाद उन्मुख छदै छैन । बजेट नवउदारवादी  छ ।’ कुरा गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने उनले बताए । यादवले भने, ‘गरिब,बेरोजगारीलाई बजेटले समेटेन । बजेट कर्मचारीलाई लेखाउँदा तराईमा मधेसीहरू बस्छन्,उनीहरुलाई विकासको धारमा ल्याउनु हुँदैन भनेर बजेट लेख्याजस्तो छ ।’ 

बजेटमा नश्लवादको चिन्तन स्पष्ट देखिएको उनको भनाइ छ।  यादवले भने,‘बजेटमा कृषिलाई प्राथमिकतामा पारिएन । कृषिमा आत्मनिर्भर भन्ने बजेट कम छुट्याउने ? किसानमुखी बजेट भएन ।’ बजेट निर्माण गर्दा प्रदूषित मनसाय हुन नहुने बताए । बजेट विभेदकारी भएको बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.