नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपाली उत्साहित छन् : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन्। प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालको समस्या समाधान भएको प्रति उनीहरू उत्साहित भएको बताए।
उनले अष्ट्रेलियामा नेपालबाट नेपाली बिमान सिघै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गरे । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहदा पनि प्रधानमन्त्री र नेताहरुसँग कुराकानी गरेको अब यस विषयमा थप छलफल गर्ने उहाले बताउनुभयो ।
त्यस्तै उनले बजेटका विषयमा आएका चर्चाका विषयमा आफू जानकार रहेको भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिए। सगरमाथाको आरोहणको ७० औं वर्षदिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्।
प्रतिक्रिया दिनुहोस !
