युथ ओपन फाइभ के रन असार २ गते

काठमाडौं : एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन आयोजना हुने भएको छ।
एथलेटिक्सका युवा खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दशरथ रंगशाला परिषरमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएका छन्।
पुरुष र महिला गरी दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता (महिला र पुरुष)ले ट्रफी, पदक सहित समान २० हजार रुपैयाँप्राप्त गर्नेछन्।
दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समानदुई हजार र छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँप्राप्त गर्नेछन्।
प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता जेठ ३२ गते बिहीबारसम्मको समय तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !
