'खर्च कटौतीको सुरुवात् सिंहदरबारबाटै हुनुपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले खर्च कटौतीको सुरुवात् सिंहदरबारबाट हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बलायरले सिंहदरबार मात्रै नभइ सिंहदरबार सचिवालय पनि त्यो बाटोमा हिँड्नुपर्ने बताए।
'खर्च कटौतीको सुरुवात् सिंहदरबारबाटै हुनु जरुरी छ। सिंहदरबार मात्रै नभइ सिंहदरबार सचिवालय पनि त्यो बाटोमा हिँड्न आवश्यक छ। पेपरलेस हुनु आवश्यक छ,'उनले भने,' अनाधिकृतरुपमा छपाइ हुने कुरालाई कटौती गर्नुपर्ने देखिएको छ। सूचना प्रवाह गर्ने कुरालाई पनि कटौति गरेर लैजानुपर्छ।'
उनले विगतको भन्दा आर्थिक वर्षको बजेट निकै फरक तरिकाले आएको बताए। मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी बजेट आएको उनले दावी गरे।
बजेट पहिलाभन्दा वितरणमुखी कम भए पनि अझै कम हु्नु जरूरी रहेको उनको भनाइ छ। उनले पाँच करोडभन्दा तलको योजना केन्द्रबाट विनियोजन गर्न नहुने उनको सुझाव छ। पाँच करोड भन्दा तलका योजना वडा कार्यालयलाई जिम्मा दिनुपर्नेमा जोड दिए।
नेता बलायरले निर्वाचन आयोगका जिल्ला कार्यालयहरू खारेज गर्नु आपत्तीजनक भएको बताए। उनले भने,'लोकतन्त्र कार्यान्वयन गर्ने स्रोत केन्द्र निर्वाचन आयोग खारेज गर्नु हुँदैन। यसले राम्रो म्यासेज जाँदैन। अनाधिकृतरुपमा खर्च हु्ने अरू कार्यालयहरूलाई बन्द गरौं।'
प्रतिक्रिया दिनुहोस !
