आफ्नै शिशु हत्या आरोपमा बाबु पक्राउ

काठमाडौं : आफ्नै शिशु हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
बाराको देवताल गाउँपालिका वडा नम्बर ४ स्थित तिप्राडी टोलका २५ वर्षीय नुर आलम अंसारी १४ दिनका छोराको हत्या आरोपमा पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आफ्नो नवजात शिशु (१४ दिनको छोरा)को हत्या गरी फरार रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रकार भएको र त्यसकै आधारमा खोजतलास गर्ने क्रममा काठमाडौंको चन्द्रगिरी नगरपालिका ढुंगेअड्डा पिपलबोटबाट अंसारी पक्राउ परेको जानकारी दिए।
अंसारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
