एनआरटीसँग हार्यो मनाङ

काठमाडौं: दिपेश आले मगरको निर्णायक गोलप्रेरित न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलको नतिजामा पराजित गरेको छ।
च्यासल रंगशालामा भएको खेलको १७औं मिनेटमा गोल गर्दै दिपेशले एनआरटीलाई अग्रता दिलाएका थिए।
बाँकी समयमा दुवै टिमले गोल गर्न नसक्दा दिपेशको त्यो गोल नै निर्णायक बन्यो। जितसँगै २५ खेलमा ३२ अंक जोडेको एनआरटी लिग तालिकाको छैटौं स्थानमा पुगेको छ।
पराजित मनाङ समान खेलबाट ३२ अंक नै जोडेर सातौं स्थानमा छ। आजै दशरथ रंगशालामा भएको अर्को खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलको नतिजामा पराजित गरेको छ।
प्रतिक्रिया दिनुहोस !
