हदाद माया ५५ वर्षपछि ग्रान्डस्लामको सेमिफाइनलमा पुग्ने पहिलो ब्राजिलियन

पेरिस: बेट्रिज हदाद माया बुधबार भएको क्वार्टरफाइनलमा ओन्स जाबेरलाई २-१ सेटको नतिजामा पराजित गर्दै फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेकी छन्।
यसअघि सन् १९६८ मा मारिया ब्युनो क्वार्टरफाइनलसम्म पुग्नु ब्राजिलियन महिला खेलाडीको फ्रेन्च ओपनमा सबैभन्दा ठूलो उपलब्धि थियो।
पहिलो सेट ३-६ ले गुमाएकी मायाले त्यसपछि लगातार दुई सेट जितेकी जितिन्। दोस्रो सेटमा ७-६(५)को जित निकालेकी मायाले तेस्रो सेट ६-१ ले सहजै आफ्नो पक्षमा पारिन्।
विश्व वरीयताको १४औं स्थानकी माया सन् २०१९ मा एन्टी डोपिङ परीक्षणमा फेल हुँदा प्रतिबन्धमा परेकी थिइन्।
मायाले फाइनल प्रवेशका लागि इगा स्वाटेक र कोको गौफबीचको विजेतासँग खेल्ने छिन्।
प्रतिक्रिया दिनुहोस !
