मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पतालको अनुगमन

मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पतालको अनुगमन
सुन्नुहोस्

हेटौंडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको अनुगमन गरेका छन्।

उनले अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, फार्मेशी लगायत विभिन्न कक्षको अनुगमन गर्नुको साथै भर्ना भएका बिरामीहरूको अवस्था बारे जानकारी लिएका हुन्। 

मन्त्री बस्नेतले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। 

अनुगमनपश्चात सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले देशैभरका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको अभाव रहेको भन्दै  हेटौंडा अस्पतालको अभाव परिपूर्ति गर्न थप स्वास्थ्यकर्मी पठाइने बताए। 

आर्थिक रूपमा विपन्न परिवारका लागि १० प्रतिशत बेढ निःशुल्क रूपमा प्रयोग गर्ने वातावरण तयार गर्न उनले निर्देशन दिए। अहिलै पनि स्वास्थ्यकर्मीहरू सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरूमा धेरै समय आवद्ध हुने गरेको भन्दै मन्त्री बस्नेतले अब त्यो परम्परा तोड्ने बताए। 

सोही क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश राजधानीको एकमात्र सरकारी अस्पताल भएकाले हेटौंडा अस्पतालमा विरामीको चाप निकै रहेको र विरामीको चाप अनुसार अस्पतालले सेवा सुविधा प्रवाह गर्न नसकिरहेको सन्दर्भमा त्यो समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारले पहल गर्ने बताए। 

सो अवसरमा हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वेड क्षमतामा मात्रै सञ्चालनमा रहेकोमा प्रतिष्ठान र व्यवस्थापन समितिमार्फत् थप १५० थप गरी सञ्चालन भइरहेको जानकारी दिए। उनले अस्पतालको स्तरोन्नतीका लागि पहल गरिदिन अनुरोध गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.