एपीएफविरुद्धको जितसँगै फ्रेन्ड्स रेलिगेसनबाट जोगियो

एपीएफविरुद्धको जितसँगै फ्रेन्ड्स रेलिगेसनबाट जोगियो
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ०–४ को नतिजामा पराजित गरेसँगै फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ।

दशरथ रंगशालामा भएको खेलको १५औं मिनेटमा जेब्रिन टोरिकले फ्रि–किकमार्फत् गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। विभागीय टिममाथि निरन्तर दबाब बनाएको फ्रेन्ड्सका लागि विकाश थापाले ३०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफमा पनि सम्हालिन नसकेको एपीएफले थप दुई गोल खायो। रफिक अमिनुले ७२ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदा अख्रोब उक्तामोभले गोल गर्दै ०–४ को जित सुनिश्चित गरे।

जितसँगै २६ खेलबाट ३० अंक जोडेको फ्रेन्ड्स क्लब ११औं स्थानमा उक्लिएको छ। पराजित एपीएफ समान अंक भए पनि हेड टू हेडमा एक स्थान तल छ। एपीएफ रेलिगेसनमा पर्ने कि नपर्ने भन्ने भोलि हुने जावलाखेल युथ क्लब र थ्री स्टार क्लबको खेलले निर्धारण गर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.