मुस्ताङको शैक्षिक पूर्वाधार निर्माणमा दातृ राष्ट्रको अनुदान सहयोग

मुस्ताङको शैक्षिक पूर्वाधार निर्माणमा दातृ राष्ट्रको अनुदान सहयोग
सुन्नुहोस्

जोमसोम : मुस्ताङको शैक्षिक पूर्वाधार निर्माणमा दातृ राष्ट्रले अनुदान सहयोग गरेका छन्।  विद्यालयको भौतिक संरचना निर्माणका लागि दातृ राष्ट्र तथा निकायहरूले विभिन्न समयमा सहयोग गरेका हुन्। 

जिल्लाको जनहित माध्यमिक विद्यालय जोमसोम, योगेन्द्र माध्यमिक विद्यालय टुकुचे, जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङ र जनशान्ति माध्यमिक विद्यालयलाई भारतीय दूतावासले भवन संरचना निर्माण गर्न आर्थिक सहयोग गरेको थियो। लोमान्थाङको छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालयको भवन बनाउन चिनियाँ दूतावासले आर्थिक सहयोग गरेको छ।

घरपझोङ गाउँपालिका-४ जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालयको मुख्य भवनको पूर्वाधार निर्माणका लागि भारतीय राजदूतावासले २०६१ सालमा ३ करोड बजेट विनियोजन गरेको थियो। विद्यालयको दुई तले २६ कोठे भवन २०६३ सालमा निर्माण सम्पन्न भएको प्रअ रामचन्द्र अधिकारीले बताए। 

साविक जिल्ला विकास समितिले ठेक्का सम्झौता गरेको विद्यालयको भव्य भवन तत्कालीन भारतीय राजदूत प्रणव मुखर्जीले उद्घाटन गरेको उनले बताए। थासाङ गाउँपालिका-१ टुकुचेको योगेन्द्र माध्यमिक विद्यालयको दुई तले २५ कोठे भवन बनाउन भारतीय राजदूतावासले करिव ३ करोड आर्थिक अनुदान सहयोग गरेको विद्यालयका प्रअ गोविन्द प्रसाद श्रेष्ठले जानकारी दिए।

भारतीय दूतावासले २०७० सालतीय अनुदान सहयोग गरेको भवन बनाउन साविक जिल्ला विकास समितिले ठेक्का सम्झौता गरेको थियो। सो भवन पनि तत्कालीन भारतीय राजदूत मुस्ताङ आएर उद्घाटन गरेका थिए।

थासाङ गाउँपालिकाकै अर्को जनआदर्श माध्यमिक विद्यालयको भवन बनाउन पनि भारत सरकारले अनुदान दिएको थियो। विद्यालयका निमित्त प्रअ खेम गुरुङले भारतीय दूतावासको आर्थिक सहयोगमा २०६८ सालमा विद्यालयको मुख्य भवन बनाउन २ करोड ९७ साल अनुदान सहयोग गरेको बताए। सो भवन पनि साविक जिविसले ठेक्का लगाएको थियो। 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको जनशान्ति माध्यमिक विद्यालयलाई पनि भारत सरकारले नै सहयोग गरेको विद्यालयका शिक्षक प्रेम गौतमले जानकारी दिए। जनशान्ति विद्यालयलाई २०६६ सालमा लाइबेरी भवनको दुई तले ६ कोठे भवन निर्माण गर्न करिव ८० लाख बजेट उपलब्ध गराएको विद्यालयका शिक्षक गौतमले बताए। 

भारतीय दूतावासले विद्यालय भवनको संरचना निर्माण गर्न दिएको अनुदानको रकम सबै साविक जिल्ला विकास समितिले ठेक्का लगाएको हो।

तिब्बतसँग सीमा जोडिएको लोमान्थाङ गाउँपालिकाको छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालयलाई चीनले आर्थिक अनुदान सहयोग उपलब्ध गराएको थियो। 

चीनले सो विद्यालयलाई विद्यालयको सभाहल, साईन्स प्रयोगशाला र लाईबेरी भवन बनाउन २०६८ सालमा करिव ८० लाख बजेट अनुदान सहयोग गरेको विद्यालयका शिक्षक कर्मा वाङ्गेल गुरुङले जानकारी दिए।

यसका अतिरिक्त थासाङ गाउँपालिका-३ लेते र घरपझोङ गाउँपालिका-२ मार्फाको माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गर्न भने विदेशी निकायले आर्थिक अनुदान सहयोग गरेको थियो। मार्फाको जनवाल माध्यमिक विद्यालयको एक तले १२ कोठे भवन बनाउन जापानिज संस्थाले मुस्ताङ विकास सेवा संघ (एमबीएसए) स्थानीय संस्थालाई अनुदान सहयोग उपलब्ध गराएको थियो।

यसैगरी थासाङ-३ को ज्ञानोदय माध्यमिक विद्यालयलाई पनि विद्यालयको पनि लक्जम्बर देशका नागरिक सहयोगकर्ताले आर्थिक सहयोग गरेका थिए। लेतेस्थित धौलागिरी प्राविधिक शिक्षालयमा भोलेन्टियर सहयोग गर्न आएका उनले २०७३ सालमा विभिन्न माध्यमबाट सहयोग जुटाएर ज्ञानोदय माध्यमिक विद्यालयलाई भवन बनाउन ८४ लाख बजेट उपलब्ध गराएका थिए।

भारत सरकारले सामुदायिक विद्यालयलाई मात्र होइन उपल्लो मुस्ताङको दुई गुम्बा विद्यालयलाई आर्थिक अनुदान सहयोग गरिसकेको छ। भारतीय दूतावास मार्फत उपल्लो मुस्ताङको छोनुपस्थित नाम्गेल गुम्बा विद्यालय र लोमान्थाङस्थित छोदे गुम्बा विद्यालयको आवासीय छात्रावास भवन निर्माण गर्न करोडौंको आर्थिक अनुदान दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.