जनकपुरधामको विद्यालयमा थप तीन दिन आकस्मिक गर्मी बिदा

जनकपुरधामको विद्यालयमा थप तीन दिन आकस्मिक गर्मी बिदा
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप तीन दिन आकस्मिक गर्मी बिदा दिइएको छ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेयले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएकी हुन्।

जनकपुरधाम उपमहानगरपालिको निर्णयानुसार हाल बढ्दो अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदाको समयअवधि बढाइएको उनले जानकारी दिइन्।

यसअघि जेठ १९ गते शुक्रबारदेखि २६ गते शुक्रबारसम्म ८ दिन वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द गरिएको थियो। 

तर, मौसममा सुधार नआएकाले पुनः २७ गतेदेखि २९ गतेसम्म वर्षे बिदाबाटै कट्टा हुने गरी पठनपाठन बन्द रहने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.