किसानलाई अनुदानमा ट्याक्टर

किसानलाई अनुदानमा ट्याक्टर
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिका-२३ का किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर, ग्रीन हाउसका लागि प्लास्टिक, स्पेयर, पाइप लगायतका सामग्री बिहीबार हस्तान्तरण गरिएको छ। 

एक वडा एक पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा तरकारी खेती गर्न आवश्यक पर्ने सामग्री वडा स्तरीय कृषि सञ्जालको समन्वयमा पोखरा महानगरपालिका कृषि महाशाखाले उपलब्ध गराइएको हो। 

सात जना किसानलाई ट्याक्टर र २४ जना किसानलाई तरकारी खेती गर्न आवश्यक पर्ने प्लास्टिक, युभि, स्पेयर, सिँचाइका लागि पाइप लगायतका सामग्री उपलब्ध गराइएको हो। 

५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको गरी करिब १२ लाख बराबरका कृषि सामग्री किसानलाई हस्तान्तरण गरिएको कृषि महाशाखाले जनाएको छ। 

पोखराको २३ वडामा कुल जमिनको ३० प्रतिशत कृषि भूमि रहेको छ। कृषिलाई आधुनिकीकरण गर्न महानगरपालिकाले ट्याक्टरसहित कृषि उपकरण लगायत कृषि सामग्री किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको हो। 

सरकारले कृषिमा राहतको साथै अनुदान किसानलाई उपलब्ध गराउँदै आएकोले सही उपयोगमा ल्याउन पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले सुझाए। 

घर घरमा गएर वास्तवीक किसानमा पुगोस् भनेर वडाले पहिचान गरी किसानलाई कृषि सामग्री वितरण गरिँदै आएको वडा अध्यक्ष गुरुङले बताए। 

किसानले उत्पादन गरेको वस्तुले मुल्य पाओस र उत्पादन बिक्री नहुने अवस्था नआओस भनेर महानगरपापिलकाले कृषि एम्बुलेन्स, उत्पादिन वस्तुको समर्थन मूल्य तोकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। 

किसानले उत्पादन गरेको वस्तु महानगरपालिकाले ताकेको समर्थन मूल्यमा खरिद गर्ने पनि उनले सुनाए। ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म ल्याउन महानगरपालिकाले कृषि एम्बुलेन्स पनि सञ्चालन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.