सभापति लड्दिनँ, साथीहरू नडराए हुन्छ : देउवा

सभापति लड्दिनँ, साथीहरू नडराए हुन्छ : देउवा
सुन्नुहोस्

चितवन : प्रजातन्त्रवादी कानुन व्यवसायीको महाधिवेशनमा पार्टी सुदृढीकरणको विषयले प्रवेश पाएको छ। पार्टीका शीर्ष नेताहरूले पार्टीभित्रको सुदृढीकरणको सन्दर्भमा सभापतिप्रति लक्षित गर्दै विधिविधानका कुरा निकाले। चितवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सामु केन्द्रीय नेताहरूले घुमाउरो शैलीमा पार्टीको नेतृत्वका विषयमा कुरा उठाए। 

पार्टी सभापतिको आकांक्षीका रूपमा चर्चा गरिएका शीर्ष नेता शेखर कोइराला र महामन्त्री गगन थापा पनि कार्यक्रममा सहभागी थिए। नेताहरूले नेतृत्व छनोट र पार्टीको विधिविधानको विषयमा कुरा उठाउँदा देउवा मौन थिए। सबैका कुरा सुनेपछि देउवाले प्रतिक्रिया दिए, ‘म अब सभापति लड्दिनँ। सभापाति लड्ने साथीहरू नडराए हुन्छ।’

नेपाल डेमोक्रेटिक लयर्स एसोसियनको ११औं महाधिवेशनमा सभापति देउवाले एमालेले नेतृत्वका लागि सत्तरी वर्षे उमेर हदबन्दी हटाएको प्रसंग निकाल्दै कांग्रेसमा रहेको कार्यकाल अवधिले आफू तेस्रो पटक सभापति नलड्ने बताए। ‘एमालेले उमेरको हद कटाइसक्यो। हाम्रोमा समयको हद छ। हामीकोमा उमेरको हद छैन। तेस्रो पटक सभापति लड्नै पाइँदैन। तर, मैले हटाउनुपर्छ भनेको छैन है। सभापति हुने साथीहरू नडराउँदा हुन्छ,’ सभापति देउवाले हाँस्दै भने, ‘केही साथीहरूले मेरो आलोचना गरे। मैले त्यसलाई ठूलो ठानेको छैन। प्रजातन्त्र छ आलोचना गर्न पाइन्छ।’

कार्यक्रमस्थलमा देउवा र कोइरालासँगै गएका थिए। बीपी कोइराला, जवाहरलाल नेहरू पनि  लयर्स भएको स्मरण गराउँदै कानुन व्यवसायी अत्यन्तै मर्यादित पेसा भएको उनले बताए। शीर्ष नेता शेखर कोइरालाले पार्टी एक्लै निर्वाचनमा होमिन कार्यकर्ताले आवाज उठाएको भन्दै गठबन्धन पार्टीको हितविपरीत भएको बताए। कांग्रेसलाई सुधार्न विगतको पाठ सिक्नुपर्ने उनले बताए। 

महामन्त्री गगनकुमार थापाले एउटै व्यक्तिले कति पटकसम्म जिम्मेवारी वहन गर्ने भन्ने सीमा नहुँदा पार्टी कमजोर हुने बताए। कार्यक्रममा कानुनमन्त्री रहेका पार्टीका उपसभापति धनराज गुरुङले नेताको घरमा धाउने र ब्रिफकेस बोक्नेलाई न्यायाधीश नबनाउने बताए। 

महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट १ हजार ४ सय १ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.