अविरल वर्षाले बारपाक-लाप्राक सडक अवरुद्ध

अविरल वर्षाले बारपाक-लाप्राक सडक अवरुद्ध
सुन्नुहोस्

गोरखा : आइतबार रातिको अविरल वर्षाले बारपाक र लाप्राक बीचको सडक खण्ड अवरुद्ध भएको छ। कतै सडक भासिएको र कतै माथिबाट पहिरो आएर सडकमा थुप्रिएको धार्चे गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

विभिन्न पाँच ठाउँमा पहिरो झरेर सडक अवरुद्ध गरेको गुरुङले जानकारी दिए। ‘बारपाकदेखि मम्चेडाँडासम्म पाँच ठाउँमा सडक अवरुद्ध भएको छ’, गुरुङले भने, ‘सडक अवरुद्ध भएपछि धार्चे गाउँपालिका प्रवेश गर्ने ढोकै बन्द भयो।’ 

सडक अवरुद्ध हुँदा धार्चेका बासिन्दा, खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ओसार्ने काम बन्द भएको र स्थानीय पैदलयात्री तथा पर्यटक सबै रोकिएका उनले बताए।

स्तरोन्नति भइरहेको सो सडकको ठेकेदारले यथाशीघ्र एक्साभेटर लगाएर बाटो सफा गरिदिनुपर्ने उनको सुझाव छ। त्यसका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा गाउँपालिका कार्यालयले चासो दिनुपर्ने उनले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.