पाँचवटा विद्यालयमा साइकल वितरण

पाँचवटा विद्यालयमा साइकल वितरण
सुन्नुहोस्

परासी : लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य बैजनाथ जयसवालले आफ्नो निर्वाचन क्षेत्रमा २८ लाखको साइकल वितरण गरेका छन्। 

नवलपरासी निर्वाचन क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद जयसवालले आफ्नो निर्वाचन क्षेत्रका ७ वटा सामुदायिक विद्यालय छनौट गरेर साइकल वितरण गरेका हुन्।  जसमध्ये हालसम्म ५ वटा विद्यालयमा २४४ साइकल वितरण गरिएको छ। अन्य दुई विद्यालयमा केही दिनमा वितरण गर्ने तयारी गरिएको छ। 

लुम्बिनी प्रदेशको क्षेत्र विकास कोषअन्तर्गत जयसवालले ‘बेटी बचाउँ, बेटी पढाउँ’ कार्यक्रम राखेर चालु आर्थिक वर्षमा साइकलका लागि रकम छुट्टाएका थिए। कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्न जयसवालले आफ्नो क्षेत्र विकास कोषमा उक्त रकम छुट्टाएका हुन्। 

वितरण गरिएका विद्यालयमा पवन माध्यामिक विद्यालय परासीका १०४, आदर्श मावि परासीका ६४ र  जनता मावि डैनहवाका ३९ जना छात्रा छन्। त्यस्तै जनता मावि सुक्रौलीका १९ र सुकदेव मावि सनईका १८ जना छात्रालाई साइकल वितरण गरिएको हो। 

सिद्धार्थ मावि कुस्मा र राजनारायण मावि गेर्मीमा भने केही दिनमा वितरण गरिने छ। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट निकासा हुने रकम सामाजिक डिभिजन कार्यालय भैरहवाबाट सोझै विद्यालयको खातामा पठाइने र विद्यालयले साइकल खरिद गरेर वितरण गरेका हुन्। 

एउटा साइकल ८ हजार ४ सयदेखि ८ हजार ५ सयसम्म विद्यालयले खरिद गरेका हुन्। एउटा साइकल बढीमा ९ हजारसम्म खरिद गर्न सकिने भएकाले कोटेशनमार्फत खरिद गर्दा कम मूल्य परेको आदर्श मावि परासीका प्रधानाध्यापक दीपक भट्टराईले बताए। 

साइकल पाउनका लागि मापदण्ड तोकिएको छ। मापदण्डमा कलेजबाट टाढा रहेका, विपिन्न, दलित, जेहेन्दार छात्राहरू हुनुपर्ने उल्लेख छ। 

तराई मधेसमा छोरीहरूलाई उच्च शिक्षा पढाउन अभिभावकहरूले रुचि देखाउन छाडेकाले शिक्षाप्रति अभिप्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको गरिएको प्रदेश सांसद जयसवालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.