नविन र विवेकलाई प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि
ताप्लेजुङ : तेस्रो मेयर कप तथा प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत मेन्स डबल तर्फको उपाधि विवेक कन्दंवा र नविन सिलवालले जितेका छन्।
प्रदेश स्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो बने। यता भेट्रान्स डबलतर्फ दिपक आङ्देम्बे र गणेश राई प्रथम भएका छन् भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वित्तीय भएका छन्।
यता मिक्स डबल्स जुनियर तर्फ जिल्ला स्तरीय प्रतियोगितामा आईद्रेश लिम्बू र भुपेन्द्र लिम्बू प्रथम भएका छन्। यस्तै दक्ष लिम्बू र बसन्त तामाङ दोस्रो बनेका छन्।
यस्तै कर्मचारी तर्फको जिल्ला स्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ प्रहिलो र शिवकुमार काम्बाङ र केशब पौडेल दोस्रो भएका छन्। यस्तै मिक्स डबल तर्फ शिवकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आईद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो बने।
प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ प्रथम हुनेले नगद ३० हजार र द्वित्तीय हुनेले नगद २० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिङ्घकले जानकारी दिए।
मिक्स डबल्सतर्फ प्रथम हुनेले नगद १५ हजार र द्वित्तीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै मेन्स डबल्स (जुनियर) तर्फ प्रथम हुनेले नगद २० हजार र द्वित्तीय हुनेले नगद १५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।
यस्तै कर्मचारी डबलस्तर्फ प्रथम हुनेले नगद १५ हजार रुपैयाँ पाउँदा द्वित्तीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। यता प्रदेश स्तरीय हुने भेट्रान्स डबल्सतर्फ प्रथम हुनेले नगद २५ हजार र द्वित्तीय हुनेले १५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाए।