बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन
सुन्नुहोस्

सर्लाही : स्थगित बालिका सम्मेलन हुनुपर्ने माग गर्दै सर्लाहीको चन्द्रनगरमा प्रदर्शन गरिएको छ। बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरू लगायत अन्य व्यक्तिहरूको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो।

बालबालिकाहरूले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइँदैन,बाल विवाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइँदैन, बालिका बिरोधी जनप्रतिनिधि तथा नेता चाहिँदैन, लगायतको नारा लगाउँदै प्रदर्शन गरेको छ। चन्द्रनगरको कुना कुनाबाट बालबालिका तथा महिलाहरूको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ। 

बाल विवाह सन् २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उद्देश्यका साथ शनिबार नाढिमन तालमा हुने बालिका सम्मेलन तय गरिएको थियो।

तर, गाउँपालिका उपाध्यक्ष गीतादेवी महतो, वडा नम्बर ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष, वडा नम्बर ४ का वडा अध्यक्ष राजिव सिंह, वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका टोलीले शुक्रबार गाउँपालिकाको कार्यालय अगाडि नाराबाजी सम्मेलन स्थगित गरेका थिए। 

चन्द्रनगर गाउँपालिका- ७ बस्ने विद्यार्थी कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन भएन भने चन्द्रनगर गाउँपालिका तथा गाउँपालिका अन्तर्गत रहेको ७ वटै वडामा तालाबन्दी गर्ने बताइन्। 

उपाध्यक्ष महतो महिला भएर पनि महिला तथा बालिकाहरूको हक अधिकार खोसेर बालिका सम्मेलन स्थगित गराउन आन्दोलन गर्नु घिन लाग्दो विषय बनेको उनको भनाइ छ। 

स्थानीय जैमन देवी माझीले चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विकास गर्न खोज्दा तथा बालिका हितमा काम गर्न खोज्दा कुन लोभले उपाध्यक्ष महतोले बालिका सम्मेलन स्थगित गराएको हो? भन्दै प्रश्न गरिन्। 

'उपाध्यक्ष महिला हो तर महिलाको अधिकार बुझेन, बजेटको भागबण्डामा मात्र अग्रसर छ', उनले भनिन्। गाउँपालिका अध्यक्ष महतोले बालिका सम्मेलन काठमाडौंमा महिला बालबालिका समाज कल्याण मन्त्रालयको आयोजनामा राष्ट्रिय स्तरमा कार्यक्रम गरिएको थियो र सो कार्यक्रममा नेपालमा सन २०३० सम्म बाल विवाह अन्त्य गर्ने घोषणा भयो। 

सोही अनुरूप नेपालमै पहिलो पटक बालिका सम्मेलन पालिकास्तरबाट गर्न लागेपछि अहिलेको उपाध्यक्ष लगायत अन्य विभिन्न व्यक्तिहरूले बहुमतको आडमा कार्यक्रम स्थगन गराएको बताए। 

'माओवादीबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्षहरूले भागबण्डा गरी ९ करोड रुपैयाँ लिएको छ तर बिडम्बना सबै बजेट माटो र ग्रेबलमा खर्च भइरहेको छ तर बालबालिकाको हित तथा जनमुखी कार्यमा उहाँहरूको ध्यान छैन', अध्यक्ष महतोले भने, 'स्थगन गरिएको बालिका सम्मेलन बालबालिका तथा महिलाहरूले गर्नुपर्ने माग गरिरहेको हुँदा असार १५ गतेभित्रमा आयोजना गर्छौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.