एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन

एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङ्टार नगरपालिका वडा नं. १ स्थित सातदोबाटे सडक। तस्बिर : शिव उप्रेती।
सुन्नुहोस्

गोरखा : गोरखाको एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गरिएको छ। पालुङ्टार नगरपालिका वडा नं. १ सातदोबाटोदेखि वडा नं. ६ गाईखुर जोड्ने सडकलाई गत वर्ष पाँचवटा र यस वर्ष तीन वटा फरक शीर्षक बनाएर बजेट बिनियोजन गरिएको हो।

एउटै सडकमा धेरै शीर्षकमा बजेट बाँडफाँट गरी डुप्लिकेशन गर्न नहुने सरकारी मापदण्ड छ। यहाँ भने वर्षेनि एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गर्ने गरिएको छ।

विशेष गरी पालुङटार नगरपालिका वडा नं. १ देखि वडा नं. १० हुँदै वडा नं. ७ सम्म जोड्ने सडकलाई वर्षेनी चार वा पाँच शीर्षकमा बजेट पर्ने गरेको छ। गत वर्ष पाँच वटा शीर्षकमा बजेट तथा कार्यक्रम परेको सो सडकका लागि यसबर्ष तीनवटा शीर्षकमा बजेट परेको छ।

योजना कार्यान्वयन गर्ने ११ किलो, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयका अनुसार आउँदो  आर्थिक वर्षमा कार्यान्वयन हुने गरी पालुङटार नगरपालिका वडा नं. १ को सातदोवाटोबाट वडा नं. १० जोगीडिही, बागडाँडा, पन्थिनी हुँदै वडा नं. ७ को गाईखुर जोड्ने सडकलाई पाँचकरोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै सोही सडकका लागि सातदोबाटो, बागडाँडा, गाईखुर, सडक कालोपत्रेका लागि भनेर एककरोड रुपैयाँ विनियोजन भएको छ। त्यस्तै सातदोवाटो, बागडाँडा, गाईखुर सडकको बज्रेडाँडा सुपारे चाँपपानी धौखोला खण्ड कालोपत्रे तथा ढलान सहित स्तरोन्नतिका लागि भनेर ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

सो सडकका लागि गत वर्ष पाँचवटा शीर्षकमा साँढे दुई करोड रुपैयाँ विनियोजन भएको थियो। त्यस्तै पन्थडिही कटहरे हर्मी शाहिलटार सडकका लागि १० लाख रुपैयाँ बजेट तथा कार्यक्रम परेको छ। सोही सडक भारतको एक्जिम बैंकको ८० करोड ऋण सहयोगमा २० किलोमिटर कालोपत्रे गर्न केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सिलान्यास समेत गरिसकेका छन्। 

पहुँच भएका नेताले आफ्नो गाउँठाउँमा कसरी योजना तथा बजेट थुपार्छन् भन्ने यो ज्वलन्त उदाहरण भएको विदुर बराल टिप्पणी गर्छन्। ‘कतै माथैमाथ, कतै पुर्पुरामा हात’, उनी भन्छन्, ‘कतै जति माग गर्दा पनि बजेट पर्दैन, कतैचाहिँ एउटै सडकमा चार पाँचवटा शीर्षकमा बजेट पर्छ। राज्यले कसैलाई दोस्रो दर्जाको नागरिक सम्झेर सुनुवाइ गर्दैन। कसैले हातमा डाडुपन्यू भएका बेला मनपरी गरिरहेकै छन्।’

गोरखाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ सरकारले आउँदो आर्थिकबर्ष ९८ करोड ७३ लाख रकम विनियोजन गरेको छ। ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयबाट कार्यान्वयन गर्ने गरी सो बजेट प्राप्त भएको योजना कार्यालयले जनाएको हो। 

कार्यालयका अनुसार सबैभन्दा धेरै रकम बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत परेको छ। सो शीर्षकमा ५४ करोड ६० लाख रकम प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.