पर्यटनमन्त्री किराँतीले सोधे नागरिक उड‍्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

पर्यटनमन्त्री किराँतीले सोधे नागरिक उड‍्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड‍्डयन मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड‍्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार मन्त्री किरातीले अधिकारीलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका हुन्। 

प्राधिकरणका महानिर्देशक अधिकारीलाई के कति कारणले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ? भन्दै किराँतीले प्रश्न गरे। 

स्पष्टीकरणको पहिलो प्रश्नमा भनिएको छ, ‘तपाईंलाई नेपाल सरकारले नेपाल नागरिक उड‍्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड‍्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाइँको कर्तव्य र जिम्मेवारी हो । आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड‍्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ, सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाइँले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाईंको उक्त कार्य नेपाल नागरिक उड‍्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११.२६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइँले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ?’

किराँतीले नेपालको उड‍्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको बेला उड‍्डयन सुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ? भन्दै प्रश्न गरेका छन्।  मन्त्री किराँतीले अधिकारीको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने क्षमतामा किन प्रश्न नगर्ने  भन्दै जवाफ माग गरेका छन्।

सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै अधिकारीसमक्ष स्पष्टीकरण माग गरिएको छ।  २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २०७९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । राज्यले दातृ निकायहरुबाट अरवौं रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाइँको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ? भन्दै किराँतीले प्रश्न गरेका छन्। 

हेर्नुहोस् स्पष्टीकरण माग गरिएको पत्र :nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.