बागमती प्रदेशसभा : एमाले र राप्रपाको विरोधपछि बैठक स्थगित
हेटौंडा : बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक भोलि ११ बजे सम्मका लागि स्थगित भएको छ।
गत असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेलगत्तै सभामुख भुवनकुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने गरी बैठक स्थगित गरेका थिए।
आज ३ बजे बजेको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्यय टेबुल गरेसँगै प्रदेशको अर्थसम्बन्धी कार्यान्ययन गर्न बनेको विद्येययक २०८० लाई प्रस्तुत गरे। मन्त्री सिं लामाले मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म पेस गरेसँगै सभामुख भुवन कुमार पाठकले अर्को बैठक मंगलबार ४ बजे बस्ने गरी स्थगित गरे।
दोस्रो पटक ४ बजेको बसेको बैठकमा एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका हुन्। दोस्रो बैठकमा छलफलको सुरुवातमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले आफ्नो भनाई राखेपछि एमाले र राप्रपाका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि पुःन ६ बजेबस्ने गरी बोलाइएको बैठक बस्न सकेन भने बुधवार ११ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताए।
सरकारले ल्याएको बजेट प्रति असन्तुष्टि राख्दै प्रतिपक्ष दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङ सहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको बताए।
उनले प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको, बजेटलाई समावेशी ढंगबाट वितरण नगरिएको, वडा नै नभएको क्षेत्रमा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएको बताए।
नेता थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए। त्यस्तै नेपाल किसान पार्टीका संसद सुरेन्द्र राज गोसाईले प्रदेश सरकाले ल्याएको बजेटमा कुनै लक्ष्य र दीर्घकालिन योजना नभएको भन्दै झारटार्ने किसिमको मात्र भएको बताए। उनले बजेटमा आम जनताको मागलाई सम्बोधन गर्नुको सट्टा आफुखुसी मनलाग्दी हिसाबले बजेट बाँडेको आरोप लगाए।