पर्यटकीय क्षेत्र जोड्ने सडक कालोपत्रे

पर्यटकीय क्षेत्र जोड्ने सडक कालोपत्रे
सुन्नुहोस्

बुटवल : सरुमारानी गाउँपालिका प्यूठानले गाउँपालिका केन्द्र बड्डाँडा बजारदेखि धार्मिक एवं पर्यटकीय तीर्थस्थल ऐरावती मन्दिर जोड्ने सडकको डेढ किलोमिटर खण्डमा कालोपत्रे गरेको छ। बड्डाँडादेखि ऐरावतीसम्मको दुरी २७ किलोमिटर छ।

अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरी कूल १ किलोमिटर ६ सय मिटर दूरी सडक कालोपत्रे भइसकेको गाउँपालिकाका प्रवक्ता एवं ४ नम्बर वडा अध्यक्ष चिन्तबहादुर सोमैमगरले जानकारी दिए। यस खण्डको १० किलोमिटर ग्राबेल र बाँकी खण्ड कच्ची रहेको उनले बताए।

आगामी आर्थिक वर्षका लागि सडक स्तरोन्नती र कालोपत्रे गर्नका लागि १ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सोमैले बताए। २७ किलोमिटर पूरै सडक कालोपत्रे गरेर ऐरावतीको पर्यटन प्रवर्द्धन गर्नसके समग्र जिल्लाको अर्थतन्त्रमा टेवा पुग्नसक्ने स्थानीयको आशा छ। 

सडक कालोपत्रे भएपछि हंसपुरसहित जोडिएको अर्घाखाँचीका नागरिकहरूसमेत प्रत्यक्ष लाभाञ्वित भएका छन्। बडडाँडा र हंसपुर क्षेत्र व्यवासयिक कृषि खेतीका लागि जिल्लाकै पकड मानिन्छन्। सहज सडकले त्यसको पनि बजारीकरणमा किसानलाई उत्साह थप्ने छ। अदुवा, बेसार, तेजपात, दालचिनी र बाख्रापालन गर्ने सयौं किसानहरू यस क्षेत्रमा छन्।

गाउँपालिकाले यसअघि वडा नम्वर ८ स्थित दर्भान-मैदानसम्म ३ सय २० मिटर र दर्भान बजार आवासीय क्षेत्रमा करिब १ सय ५० मिटर सडक कालोपत्रे गरेको छ। आगामी आर्थिक वर्षका लागि १४ नम्बर नर्सरीदेखि आटीटार हुँदै वडा नम्बर १ को वडा कार्यालय पुग्ने मोटरबाटो कालोपत्रको लागि २५ लाख रुपैयाँ र वडा नम्बर ८ को दर्भान प्रहरीचौकीदेखि रत्नेसम्म मोटरबाटो कालोपत्रको लागि १२ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिका प्रवक्ता सौमेमगरले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.