मुस्ताङका च्यांग्रा पालकलाई घुम्ती च्यांग्रा गोठ निर्माण
जोमसोम : मुस्ताङका उच्चलेंकमा च्यांग्रा पाल्ने घुम्ती गोठ निर्माण गरिएको छ। उच्चलेंकको चरन क्षेत्रमा लामो समयसम्म पालन गरिने हुँदा जिल्लाका पशुपालकहरूलाई सहयोग पुर्याउन अनुदान सहयोगमा घुम्ती गोठ निर्माण गरिएको हो।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङलाई चालू वर्षमा विनियोजित बजेटबाट लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङका उच्चलेंकमा घुम्ती गोठ निर्माण गरिएको कार्यालय प्रमुख दण्डपाणि शर्माले जानकारी दिए।
चालू वर्ष प्रदेश सरकारअन्तर्गत कार्यालयलाई समुदायका च्यांग्रालाई घुम्ती गोठ शीर्षकमा ९ लाख र समुदायस्तरमा च्यांग्रा विकास कार्यक्रममा १० लाख बजेट विनियोजन भएको थियो।